Ezekiel 41:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
काठको एउटा वेदीझैँ देखिने कुरो थियो। त्यो डेढ मिटर अग्लो र एक मिटर चौडा थियो। त्यसका कुना-कुनाका खामा, आधार र छेउ-छेउका पाटाहरू सबै काठले बनेका थिए। ती मानिसले मलाई भने, “परमप्रभुको उपस्थितिमा राखिने टेबिल यही हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तीन हात अल्गो र एक-एकतिरको चौड़ाइ दुई हात भएको एउटा काठको वेदी थियो। त्यसका कुनाहरू, त्यसका आधार र पाटाहरू काठकै थिए। ती मानिसले मलाई भने, “योचाहिँ परमप्रभुको सामुन्ने राखिएको टेबिल हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ तीन क्यूबिट अग्लो, दुई क्यूबिट नापको काठको एउटा वेदी थियो; त्यसका कुनाहरू, त्यसको आधार र छेउहरू काठका थिए। ती मानिसले मलाई भने, “याहवेहको सामु राखिने टेबुल यही हो।”
Nepali ERV (पवित्र बाइबल)
त्यो वेदी जस्तो काठले बनाएको थियो। यो तीन हात अल्गो अनि दुइ हात लामो थियो। यसको कुनाहरू, त्यसका आधार अनि पाटाहरू काठको थिए। त्यस मानिसले मलाई भन्यो, “यो चाहिँ परमप्रभुको सामुन्ने राखिएको टेबल हो।”