Ezekiel 41:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भित्तामा भएझैँ खजूरका बोटहरू र पखेटा भएका प्राणीहरूका चित्रहरू पवित्रस्‍थानका ढोकाहरूमा खोपिएका थिए। अनि प्रवेश कोठाको द्वारको बाहिरपट्टि एउटा काठको छत थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बाहिरी पवित्रस्‍थानका ढोकाहरूमा खोपिएका करूबहरू र खजूरका बोटहरू भित्तामा भएजस्‍तै थिए, र दलानको सामुन्‍ने काठको कार्नेस बनाइएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मुख्य सभा कोठाका ढोकाहरूमा खोपिएका करूब र खजूरका रूखहरूका बुट्टाहरू भित्तामाझैँ खोपिएका थिए, र दलानको अगाडि काठको छत थियो।
Nepali ERV (पवित्र बाइबल)
बाहिरी पवित्र स्थानका ढोकामा करूब स्वर्गदूतहरू अनि खजूरको बोटको चित्र खोपेको थियो। त्यो त्यस्तै थियो जस्तो भित्तामा खोपिएको थियो। बाहिरको दलानको बाहिरी भागमा कोठाको चित्र थियो।