Ezekiel 41:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि तिनी सबैभन्दा भित्रको कोठामा गए। त्यहाँ पस्ने सँघारको नाप लिए। सँघारको दुवैपट्टिका गारोको साढे तीन मिटर मोटाइ थियो र गारो बीचको दलानको दूरी एक मिटर र चौडाइचाहिँ तीन मिटर थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनी पवित्रस्थान भित्र पसे, र त्यसको प्रवेशद्वारका थामहरू नापे। प्रत्येक दुई-दुई हात चौड़ा थियो। प्रवेशद्वार छ हात चौड़ा थियो। प्रवेशद्वारका दुईपट्टिका गाराहरू सात-सात हात चौड़ा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनी पवित्रस्थानभित्र पसे, र त्यस पवित्रस्थानको प्रवेशद्वारको प्रत्येक ढोकाको सँघारहरूलाई नापे; प्रत्येक सँघार दुई क्यूबिट चौडा थियो। प्रवेशद्वार छ क्यूबिट चौडा थियो, र त्यसको सबैतिरका बाहिर देखिने भित्ताहरू सात क्यूबिट चौडा थिए।
Nepali ERV (पवित्र बाइबल)
तब त्यो मानिस भित्र गयो अनि प्रत्येक द्वार-स्तम्भ नाप्यो। प्रत्येक द्वार-स्तम्भ दुइ हात बाक्लो थियो। प्रवेशद्वारको छ हात चौडा थियो। प्रवेशद्वारको प्रत्येक पट्टिको पर्खाल सात हात फराकिलो थियो।