Ezekiel 41:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हरेक तलामा तीस कोठाहरू थिए। मन्दिरको बाहिरपट्टिको भित्ता तल्लो तलाभन्दा माथिल्लो तलामा र त्यो तलाभन्दा अझ माथिल्लो तलामा झन् पातलो-पातलो गरी बनाएको थियो। त्यसले गर्दा माथिल्ला तलाका कोठाहरूका निदालमुनिका तलाका भित्ताहरूभित्र नगाडी तीमाथि तेर्स्याएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती गाँसिएका कोठाहरू तीन तहमा थिए। प्रत्येक तहमा तीस-तीस कोठा थिए। मन्दिरका चारैतिरको भित्तामा कोठाहरूका निम्ति टेवा स्वरूप पालीहरू बनाइएका थिए, ताकि ती टेवाहरू मन्दिरको भित्तामा नघुसिऊन्
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
छेउका कोठाहरू तीन तलाका थिए, र एक तलामाथि अर्को तला गरी हरेक तलामा जम्मा तीस वटा कोठाहरू थिए। छेउका कोठाहरूलाई टेवा दिनको लागि मन्दिरको भित्ताका चारैतिर पालीहरू थिए, ताकि ती टेवाहरू मन्दिरको भित्ताभित्र घुसार्न नपरोस्।
Nepali ERV (पवित्र बाइबल)
छेउको कोठामा तीनवटा विभिन्न तला थियो। त्यो एक अर्कोमाथि थियो। हरेक तलाहरूमा तीस कोठा थियो। छेउको कोठा चारैतिरको पर्खालमा अडिएको थियो। यसकारण मन्दिरको पर्खाल स्वंय कोठाहरूमा अडाएको थिएन।