Ezekiel 41:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो हुँदा बाहिरबाट हेर्दा मन्दिरका भित्ताहरू फेददेखि टुप्पोसम्म एकै मोटाइका देखिन्थे। गारोको बीच भागबाट एउटा भर्याङ भूइँतलादेखि बीचतला भएर माथिल्लो तलासम्म जान्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मन्दिरका चारैतिरका कोठाहरू जति-जति माथि गएका थिए, त्यति-त्यति झन् चौड़ा हुँदैगएका थिए। मन्दिरलाई घेरेका ती कोठाहरू तहमाथि अर्को तलामा थपिँदैगएका थिए, र यसरी कोठाहरू एउटादेखि अर्कोमाथि जाँदा झन् चौड़ा हुन गए। सबैभन्दा तल्लो तलादेखि सबैभन्दा माथिल्लो तलासम्म बीचको तला भएर भर्याङबाट जाने सिँढ़ी थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मन्दिरका चारैपट्टिका छेउका कोठाहरूको चौडाइ प्रत्येक माथिल्लो तहमा बढ्दै गएका थिए। मन्दिरको चारैतिरका बनावटहरू माथितिर फराकिलो किसिमले बनाइएका थिए, ताकि एउटा तलाबाट माथिको दोस्रो तलामा चढ्दा कोठाहरू चौडाइ हुन्। भुइँतलाबाट बीचको तला हुँदै सबैभन्दा माथिल्लो तलासम्म जानलाई खुड्किलाहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
मन्दिरको चारैतिरको जोडिएको कोठाहरू, तल्लो तला भन्दा ज्यादा फराकिलो थियो। यस्तो हुनुको करण तल्लो तलाको भन्दा मन्दिरको अन्य प्रत्येक तला सानो थियो। त्यसैले अघिल्लो कोठाहरूको सतह तल्लो कोठाहरूको भन्दा फराकिलो थियो। सब भन्दा तल्लो तलामा जाने सिँढी बीचको तलाबाट गएको थियो।