Ezekiel 41:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[8-11] ती कोठाहरूका बाहिरी भित्ताको मोटाइ अढाइ मिटर थियो। मन्‍दिरका उत्तरपट्टिका कोठाहरूभित्र पस्‍ने एउटा ढोका थियो र दक्षिणपट्टिका कोठाहरूभित्र पस्‍ने अर्को एउटा ढोका थियो। मैले मन्‍दिरका चारैपट्टि अढाइ मिटर चौडा भएको पेटी देखें। त्‍यो पेटी जमिनबाट तीन मिटर अग्‍लोमा बनेको थियो र मन्‍दिरका भित्तामा टाँसेर बनेका कोठाहरूका जगसित एउटै उचाइमा थियो। यो पेटी र पूजाहारीहरूले चलाउने कोठाहरूका बीचमा मन्‍दिरको वरिपरि खुल्‍ला ठाउँ थियो। त्‍यो खुल्‍ला ठाउँको चारैतिरको नाप एक छेउदेखि अर्को छेउसम्‍म दश मिटर थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि मन्‍दिरका चारैपट्टि उठाएको एउटा आधार मैले देखें, जो कोठाहरूको जग बन्‍यो। त्‍यसको लमाइ पूरा एक टाँगो, अर्थात्‌ छ हात लामो थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले मन्दिरको चारैतिर अग्लो उठाइएको पेटी देखेँ, जसले छेउका कोठाहरूका निम्ति जगको काम गरिरहेको थियो। यो टाँगोकै नापको थियो, अर्थात् छ क्यूबिट लम्बाइ थियो।
Nepali ERV (पवित्र बाइबल)
मैले यो पनि देखें कि मन्दिरको चारैतिर जगहरू बसालिएका थिए। छेउको कोठाहरूको जग पुरा एक टाँगो अर्थात् छ हात लामो थियो।