Ezekiel 42:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि ती मानिसले मलाई बाहिरी चोकमा पुर्याए र मन्दिरको उत्तरपट्टि भएको एउटा भवनमा लगे। त्यो भवन मन्दिरको दक्षिणपट्टिको भवनदेखि धेरै टाढा थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब ती मानिसले मलाई उत्तरतर्फबाट घुमाएर बाहिरी चोकमा लगे, अनि मन्दिरको चोक र मन्दिरका उत्तरतिरको बाहिरी भित्ताको विपरीत भएका कोठाहरूमा तिनले मलाई ल्याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि ती मानिसले मलाई उत्तरपट्टि बाहिरी चोकमा पुर्याए; अनि मन्दिरको चोकको विपरीत भएका र उत्तरपट्टिको बाहिरी भित्ताको विपरीत भएका कोठाहरूमा ल्याए।
Nepali ERV (पवित्र बाइबल)
तब त्यो मानिसले मलाई बाहिरी चोकमा लिएर गयो जो उत्तरतिर फर्केको थियो। उसले ती कोठाहरूमा लिएर गयो जुन भवनको चोकको पारिपट्टि थियो।