Ezekiel 42:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती मानिसले मलाई भने, “यी दुवै भवनहरू पवित्र छन्। परमप्रभुको उपस्थितिमा हाजिर हुने पूजाहारीहरूले अति पवित्र भेटीहरू त्यहीं खान्छन्। ती कोठाहरू पवित्र हुनाले त्यहीँ नै पूजाहारीहरूले सबैभन्दा पवित्र भेटीहरू राख्नेछन्। अन्न-बलि, पाप-बलि वा दोषबलिहरू त्यहीं तिनीहरूले राख्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले मलाई भने, “मन्दिरको चोकतिर फर्केका उत्तर र दक्षिणका कोठाहरूचाहिँ पूजाहारीका कोठाहरू हुन्, जहाँ मानिसहरूले चढ़ाएका सबैभन्दा पवित्र भेटीहरू परमप्रभुको सामुन्ने आउने पूजाहारीहरूले खाने गर्नेछन्। त्यहाँ तिनीहरूले सबैभन्दा पवित्र भेटीहरू— अन्नबलि, पापबलि र दोषबलि— राख्नेछन्, किनकि त्यो ठाउँ पवित्र छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले मलाई भने, “मन्दिरको आँगनतिर फर्केका उत्तर र दक्षिणका पवित्र कोठाहरू पुजारीहरूका कोठाहरू हुन्, जहाँ याहवेहको उपस्थितिमा जाने पुजारीहरूले महा-पवित्र भेटीहरू खानेछन्। त्यहाँ तिनीहरूले महा-पवित्र भेटीहरू, अन्नबलिहरू, पाप शुद्धीकरण बलिहरू र दोषबलिहरू राख्नेछन्; किनकि त्यो ठाउँ पवित्र छ।
Nepali ERV (पवित्र बाइबल)
त्यस मानिसले मलाई भन्यो, “चोकको पारिपट्टि दक्षिणको कोठाहरू अनि उत्तरको कोठाहरू पवित्र कोठाहरू हुन। ती पूजाहारीहरूले यी कोठाहरूमा अति पवित्र भोजन खाए। तिनीहरूले महापवित्र भेंटी त्यहाँ खाए। किनकि यो स्थान पवित्र हो। महापवित्र भेटीहरू यी हुन अन्नबलि, पापबलि र दोषबलि।