Ezekiel 42:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब पूजाहारीहरू मन्‍दिरभित्र पस्‍छन् र त्‍यहाँबाट बाहिरी चोकमा निक्‍लन चाहन्‍छन्, तब तिनीहरूले परमप्रभुको सेवा गरेका बेलामा लगाएका पोशाक पवित्र भएका हुनाले ती त्‍यहीं कोठाहरूमा खोलिराख्‍नुपर्नेछ। मानिसहरू भेला हुने स्‍थानमा निस्‍कँदा तिनीहरूले अर्को वस्‍त्र लाउनुपर्नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब पूजाहारीहरू पवित्रस्‍थानमा पसेका हुन्‍छन्, तब सेवाको काम गर्दा आफूले लाएका वस्‍त्र त्‍यहाँ नफुकाली फेरि बाहिरी चोकमा जानुहुँदैन, किनकि ती पवित्र वस्‍त्र हुन्‌। मानिसहरूलाई बस्‍न तोकिएको ठाउँमा तिनीहरू जानुभन्‍दा पहिले तिनीहरूले अर्कै लुगा लाउनुपर्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब ती पुजारीहरू एक पटक पवित्र सिमानाभित्र प्रवेश गर्छन्, तब तिनीहरूले सेवाको काम गर्दा लगाएका वस्त्रहरू त्यहाँ फुकालेर नछाडेसम्म, तिनीहरूले बाहिरी चोकमा प्रवेश गर्नुहुँदैन; किनकि ती वस्त्रहरू पवित्र हुन्। तिनीहरू अरू मानिसहरूका निम्ति राखिएका ठाउँहरूको नजिक जानुभन्दा अगि पुजारीहरूले अरू वस्त्र लगाउनुपर्छ।”
Nepali ERV (पवित्र बाइबल)
पूजाहारी पवित्र स्थानमा प्रवेश गर्छन। तर बाहिर चोकमा जानु भन्दा पहिला ऊ आफ्नो वस्त्र पवित्र स्थानमा राख्छ। किन? किनकि यो वस्त्र पवित्र छ। यदि पूजाहारीले चाह्यो भने उ त्यो मन्दिरको त्यस ठाँउमा जान सक्छ जहाँ अरूहरू बस्छन्। त्यसैले तिनीहरू त्यो कोठामा जानु पर्छ अनि अरू लुगा लगाउनुपर्छ।”