Ezekiel 42:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसरी पर्खालले दुई सय पचास मिटर लमाइ र त्यति नै चौडाइ भएको एउटा वर्गाकार क्षेत्रलाई घेरेको थियो। त्यस पर्खालले पवित्र र अपवित्र कुराहरूलाई छुट्ट्याउने काम गर्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी तिनले चारै भागको क्षेत्र नापे। पवित्र ठाउँलाई साधारण ठाउँदेखि अलग गर्नलाई चारैतिर एउटा पर्खाल थियो। त्यो पाँच सय हात लामो र पाँच सय हात चौड़ा थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी तिनले चारैतिरका सबै इलाकाहरू नापे। मन्दिरका चारैतिर पवित्रस्थान र सामान्य स्थान छुट्टाउनका लागि पाँच सय क्यूबिट लम्बाइ र पाँच सय क्यूबिट चौडाइको पर्खाल थियो।
Nepali ERV (पवित्र बाइबल)
उसले मन्दिरको चारै पट्टि नाप्यो। त्यो भित्ता चारैतिर गएको थियो। भित्ता पाँच सय हात लामो अनि पाँच सय हात चौडाको थियो। यसले पवित्र क्षेत्रलाई अपवित्र क्षेत्रबाट अलग राखेको थियो।