Ezekiel 42:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चोकमा भए जति धेरै खामाहरू तेस्रो तलामा थिएन। यसकारण यो तलाका कोठाहरू तल्‍लो दुई तलाका कोठाहरूभन्दा सानो थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चोकहरूका जस्‍तै तेस्रो तलाका कोठाहरूका खम्‍बाहरू थिएनन्‌। यसैले तल्‍लो र बीचको तलाका कोठाहरूभन्‍दा ती माथिल्‍ला कोठाहरू साना थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
माथिल्‍ला तलाका कोठाहरूका चोकहरूमा भएझैँ खम्बाहरू थिएनन्; यसकारण तिनीहरू भुइँको तला र बीचका तलाका कोठाहरूभन्दा साना थिए।
Nepali ERV (पवित्र बाइबल)
कोठा तीन तलामाथि थियो। बाहिरी चोकको जस्तै त्यसको स्तम्भ थिएन। यसकारण माथिल्लो कोठा बीचको कोठा अनि तल्लो तलाको कोठाहरू भन्दा ज्यादा पछाडी थियो।