Ezekiel 42:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[7-8] भवनको बाहिरी भित्ताको तल्‍लो भाग पच्‍चीस मिटरसम्‍म पक्‍का गरी गारो लगाइएको थियो र बाँकी पच्‍चीस मिटरमा कोठाहरू बनाइएका थिए। सबैभन्दा माथिल्‍लो तलाको पूरै भागमा कोठाहरू मात्र थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कोठाहरू र बाहिरी चोकको समानान्‍तर एउटा बाहिरी पर्खाल थियो, जो कोठाहरूका सामुन्‍ने पचास हात बढ़ेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कोठाहरू र बाहिरी चोकको बराबरको एउटा बाहिरी भित्ता थियो; त्यो कोठाहरूका सामुको भाग पचास क्यूबिटसम्म फैलिएको थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ बाहिर एउटा भित्ता थियो। त्यो कोठाहरूको सामान्तरमा थियो। यो बाहिरी चोक सम्म जान्थ्यो। यो कोठाहरूको छेउ-छेउमा थियो। यो पचास हात बढेको थियो।