Ezekiel 43:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले भन्‍नुभयो, “ए मरणशील मानिस, इस्राएलका मानिसहरूलाई मन्‍दिरबारे भन् र तिनीहरूले त्‍यसको रेखा-चित्र राम्ररी अध्‍ययन गरून्। आफ्‍ना पाप-कर्महरूको निम्‍ति तिनीहरूलाई लाजमा पार्‌।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरा, इस्राएलका मानिसहरूलाई यस मन्‍दिरको विषयमा भन्, ताकि तिनीहरू आफ्‍ना पापहरूका निम्‍ति लज्‍जित होऊन्‌। तिनीहरूले यस मन्‍दिरको बनोटलाई विचार गरून्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, इस्राएलका मानिसहरूलाई मन्दिरको वर्णन गरिदे, र तिनीहरू आफ्ना पापहरूका निम्ति लज्जित होऊन्। तिनीहरूले मन्दिरको सिद्धतालाई राम्ररी विचार गरून्;
Nepali ERV (पवित्र बाइबल)
“अब हे मानिसको छोरो! इस्राएलका परिवारलाई यस मन्दिरको विषयमा भन्। तब तिनीहरू आफ्नो पापहरू प्रति लज्जित हुनेछन्। तिनीहरूले मन्दिरको योजनाको बारेमा सिकनेछन्।