Ezekiel 43:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि आफ्ना पाप-कर्मका लागि तिनीहरू लज्जित भए भने मन्दिरको रेखा-चित्रबारे तिनीहरूलाई बुझाइदे। मन्दिरको रेखा-चित्र, पस्ने र निस्कने ढोकाहरू, आकार, त्यहाँ भएका सबै थोकको प्रबन्ध र त्यसका नियम-कानुनहरू सबै राम्ररी बुझाइदे। ती सबै तिनीहरूलाई लेखेर दे र तिनीहरूले कसरी सबै कुराको प्रबन्ध गरिएको छ र सबै नियम-कानुन पालन गर्न सकिन्छ भनी बुझून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र यदि तिनीहरूले जे गरेका छन्, ती सबैका निम्ति लज्जित भए भने तैंले तिनीहरूलाई यस मन्दिर र त्यसका सबै बन्दोबस्तहरू, त्यसका बाहिर जाने र भित्र पस्ने प्रवेशद्वारहरू, त्यसका सारा नमूना र त्यसका सबै विधिहरू सम्पूर्ण तिनीहरूलाई बताइदे। तिनीहरूका सामु यी लेख्, ताकि त्यसका ढाँचाप्रति तिनीहरू ईमानदार होऊन्, र त्यसका विधिहरू पालन गरून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि यदि तिनीहरू आफूले गरेका सबै कामहरूप्रति लज्जित भए भने तिनीहरूलाई मन्दिरको नमुना—त्यसको लागि रूपरेखा, त्यसका बाहिर निस्कने ढोका र प्रवेशद्वारहरू—त्यसका सम्पूर्ण ढाँचा र त्यसका सबै नियम र विधिहरू बताइदे। यी कुराहरू तिनीहरूका सामु लेख्, ताकि तिनीहरूले मन्दिरका ढाँचालाई इमानदार भएर त्यसका सबै नियम विधिहरू पालन गरून्।
Nepali ERV (पवित्र बाइबल)
“यदि तिनीहरूले गरेको नराम्रो कर्महरूमा लज्जित हुन्छन् भने मन्दिरको ढाँचा विषयमा बुझाइदेऊ। त्यो कसरी निमार्ण गरिन्छ यसको प्रवेशद्वारहरू कस्तो हुनेछ, निस्कने द्वारहरू अनि सबै आकृतिहरू जो त्यसमा हुनेछन् ती सबै तिनीहरूले सिकुन। तिनीहरूलाई यसको सबै नमूनाहरू अनि विधिहरूको विषयमा सिकाऊ अनि तिनीहरू लेखिदेऊ जसबाट ती सबै तिनीहरूले देख्न सकुन्। त्यसपछि तिनीहरू मन्दिरको सबै नमूनाहरू अनि सबै विधिहरू पालन गर्नेछन्। तब तिनीहरूले ती सबै गर्न सक्छन्।