Ezekiel 43:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मन्दिरलाई जुन टाँगोले नापिएको थियो, त्यही टाँगोले नाप्दा वेदीको नाप यस्तो पाइन्छ। वेदीका आधारका चारैपट्टि एउटा आधा मिटर गहिरो र त्यति नै चौडा नाली थियो र त्यसका बाहिरी किनारमा एक चौथाइ मिटर अग्लो बिट लगाइएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“वेदीका नापहरू लामो हातको नापअनुसार यस्ता हुन्— लामो हातको नाप एक हात र चार अङ्गुलको चौड़ाइ हो। त्यसको नाल एक हात गहिरो र एक हात चौड़ा छ। त्यसलाई घेरेको बिटको नाप एक बित्ता हो। वेदीको उचाइ यस्तो छ:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मन्दिरका नापहरू लामो हातको नापअनुसार क्यूबिट लम्बाइ यस्तै हुन्: अर्थात् एक क्यूबिट र चार औँला; त्यसको आधार एक क्यूबिट गहिरो र एक क्यूबिट चौडा होऊन्, जसको किनारको चारैतिर एघार स्पान घेरा होस्। अनि वेदीको उचाइ यस्तो होस्:
Nepali ERV (पवित्र बाइबल)
“वेदीको नाप हात भन्दा लामो नाप प्रयोग गरेर यस प्रकरको छ वेदीको आधार वरिपरि त्यहाँ मैला नाली थियो त्यो चारै तिर एक हात गहिरो अनि एक हात चौडा थियो। यसको टाउकोमा चारैतिर एक बित्ता अल्गो बीट थियो। यही प्रकारले वेदीको उचाईमा, यस्तो थियो।