Ezekiel 43:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
वेदीको फेदको भाग नालीको टुप्पोदेखि एक मिटर अग्लो थियो। त्यसको माथिल्लो किनारादेखि आधा मिटर छोडी त्योमाथि वेदीको आधार बनेको थियो। यो आधार दुई मिटर अग्लो थियो। फेरि आधारको माथिल्लो किनारादेखि चारैपट्टि आधा मिटर छोडी त्योमाथि वेदीको अगेनु बनेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भूइँमा भएको नालदेखि तल्लो तहको किनारसम्म वेदी दुई हात अल्गो र एक हात चौड़ा छ। सानो बिटदेखि ठूलो बिटसम्म त्यो चार हात अल्गो र एक हात चौड़ा छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जमिनको जगदेखि तल्लो किनारसम्म त्यो दुई क्यूबिट अग्लो र दुई क्यूबिट चौडा होस्। वेदीको वरिपरि सबैभन्दा तलको किनारदेखि माथिल्लो किनारसम्म त्यो चार क्यूबिट अग्लो र एक क्यूबिट चौडा होस्।
Nepali ERV (पवित्र बाइबल)
तल्लो किनार सम्म जगको नाप दुइ हात थियो। यो एक हात चौडा थियो। सानो किनारबाट ठूलो किनार सम्म यसको नाप चार हात थियो। यो एक हात चौडा थियो।