Ezekiel 43:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभुले मलाई भन्‍नुभयो, “ए मरणशील मानिस, म के भन्‍दै छु, सुन्। वेदी बनिसकेपछि त्‍यसमा होमबलि चढाउने र बलि गरिएको पशुहरूको रगत त्‍यसमाथि छर्किने नियम यस्‍तो छ:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले मलाई भने, “हे मानिसको छोरो, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: वेदी बनाइसकेपछि होमबलि चढ़ाउन र वेदीमा रगत छर्कनलाई विधिहरू यी नै हुन्‌:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनले मलाई भने, “हे मानिसको छोरा, प्रभु याहवेह यसो भन्‍नुहुन्छ: वेदी बनिएपछि त्यसमाथि होमबलि चढाउने र रगत छर्कने नियमहरू यी नै हुन्:
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि त्यो मानिसले मलाई भन्यो, “हे मानिसको छोरो! परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ ‘वेदीका निम्ति यी नियमहरू छन। जुन दिन होमबलि दिइन्छ यसमाथि रगत छर्किनु पर्नेछ।