Ezekiel 43:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लेवी कुलका सादोकको वंशबाट आएका पूजाहारीहरू मात्र मेरो सेवाकार्य गर्नलाई मेरो उपस्थितिमा आउनेछन्। म सार्वभौम परमप्रभुको यो आज्ञा हो। पाप-बलि चढाउन एउटा साँढे तिनीहरूलाई दिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले पूजाहारीहरूलाई पापबलिको निम्ति एउटा बाछो खटाइदिनुपर्छ, जुन पूजाहारीहरू सादोकको परिवारका लेवी हुन्, जो मेरो सेवा गर्न मेरो नजिक आउँछन्, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैँले पाप शुद्धीकरण बलिको रूपमा एउटा बाछा सादोकको परिवारका लेवी पुजारीहरूलाई दिनू, जो मेरो सामु सेवा गर्नलाई नजिक आउँछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
त्यस दिन तिमी सादोकको परिवारको मानिसहरूलाई एउटा नयाँ बाछा पापबलिको रूपमा दिनेछु। यो मानिस लेवी कुल समूहको हो। तिनीहरू पूजाहारी हुनेछन। तिनीहरूले भेटी मानिसहरूकहाँ ल्याउँछन् अनि यस्तो प्रकारले मेरो सेवा गर्छन्।”‘ परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।