Ezekiel 43:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि त्यहाँ मैले पूर्व दिशाबाट आइरहेको इस्राएलका परमेश्वरको महिमा देखें। परमेश्वरको सोर समुद्र गर्जेझैँ सुनिन्थ्यो र सारा जमिन चम्किलो ज्योतिले चम्किरहेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि मैले इस्राएलका परमेश्वरको महिमा पूर्वबाट आइरहेको देखें। उहाँको सोर उर्लेर आएका पानीहरूको गर्जनजस्तो थियो, र देश उहाँको महिमाले चम्क्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मैले इस्राएलका परमेश्वरको महिमा पूर्व दिशाबाट आइरहेको देखेँ। उहाँको सोरचाहिँ बेगसित बहने पानीको गर्जनजस्तै थियो; अनि पृथ्वी उहाँको महिमाले चम्किरहेको थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ पूर्वबाट परमप्रभु इस्राएलको परमेश्वरको महिमा तल आयो। परमेश्वरको आवाज समुद्रको गर्जन बराबर उच्च थियो। परमेश्वरको महिमाबाट भूमि उज्जवल भयो।