Ezekiel 43:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैँले त्यसको केही रगत लिई वेदीका माथिल्ला चार कुनाका चोसाहरू, आधारका चार कुना र त्यसका चारैपट्टिका किनाराका बिटमा लगाइदिनू। यस प्रकारले तैँले वेदी शुद्ध गरी अर्पण गर्नेछस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसको रगतबाट केही लिएर तिनीहरूले वेदीका चारै सीङहरू, माथिल्लो बिटका चारै कुना र त्यसका चारैतिर लगाओ। यसरी तिमीहरूले वेदी शुद्ध पार्नेछौ, र त्यसको निम्ति प्रायश्चित गर्नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैँले त्यसको केही रगत लिएर त्यसलाई वेदीका चार वटा सिङहरूमा र माथिल्लो किनारका चारै कुनामा र वरिपरिका घेरामा लगाउनू; अनि यसरी वेदीलाई शुद्ध गरेर त्यसका निम्ति प्रायश्चित गर्नू।
Nepali ERV (पवित्र बाइबल)
“तिमीले बाछाको अलिकति रगत लिनु अनि वेदीको चारै सींङहरूमा, किनारको चारै कुनामा अनि पट्टीको चारैतिर लगाऊ। यस्तो प्रकारले तिमीले वेदीलाई पवित्र पार्छौ।