Ezekiel 43:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सात दिन बितेपछि पूजाहारीहरूले वेदीमा मानिसहरूले ल्याएका होमबलि र मेलबलि चढाउन थाल्नेछन्। तब म तिमीहरू सबै जनासित खुसी हुनेछु। म सार्वभौम परमप्रभु बोलेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब ती दिनहरू पूरा हुन्छन्, अर्थात् आठौँ दिनमा र त्यस उप्रान्त पनि पूजाहारीहरूले वेदीमा तिमीहरूका होमबलि र मेलबलि चढ़ाउने गरून्। तब म तिमीहरूलाई ग्रहण गर्नेछु, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी सात दिनहरूको अन्त्यमा, आठौँ दिनदेखि उसो पुजारीहरूले तेरा होमबलिहरू र मेलबलिहरू वेदीमा चढाउनुपर्छ। तब म इस्राएलका मानिसहरूलाई ग्रहण गर्नेछु; प्रभु याहवेह घोषणा गर्नुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
यसको सँग-सँगै सात दिन वेदी तयार पार्ने अनि यसलाई परमेश्वरलाई समप्रित गर्ने, पुरा हुन्छ। आठौं दिन अनि यसको अघाडी पूजाहारीले तिमीहरूका होमबलि अनि मेलबालि वेदीमा चढाउन सक्छ। त्यसपछि म स्वीकार गर्छु।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।