Ezekiel 43:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वर यरूशलेम नाश गर्न आउनुहुँदा मैले देखेको दर्शन र कबार नदीका किनारमा मैले देखेको दर्शनहरूसित यो दर्शन पनि मिल्दथ्यो। तब म भूइँमा घोप्टो परें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले देखेको दर्शन त्यही दर्शनजस्तो थियो, जो उहाँ सहरलाई सर्वनाश गर्न आउनुहुँदा मैले देखेको थिएँ, र जुन दर्शनहरू कबार नदीको किनारमा मैले देखेको थिएँ, र म भूइँमा घोप्टो परें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले देखेको दर्शन सहरलाई नाश गर्न आउनुहुँदा देखेको दर्शनजस्तै थियो, जुन मैले कबार नदीमा देखेको ती दर्शनहरूजस्ता थिए; अनि म भुइँमा घोप्टो परेर लडेँ।
Nepali ERV (पवित्र बाइबल)
दर्शन त्यस्तै थियो जब उहाँ शहर ध्वंश पार्न आउँदा मैले देखेको थिएँ। दर्शन त्यही थियो जुन मैले कबार नदीको किनारमा देखको थिएँ। मैले मेरो शिर भूइँतिर निहुराएर लम्पसार भएँ।