Ezekiel 43:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ए मरणशील मानिस, यहाँ मेरो सिंहासन र मेरो पाउदान छ। यहाँ म इस्राएलका मानिसहरूका माझमा बास गर्नेछु र सदासर्वदा तिनीहरूमाथि राज्‍य गर्नेछु। इस्राएलका प्रजा र तिनका राजाहरू कसैले पनि फेरि पराई देवताहरू पुजेर वा वेश्‍यावृत्तिले तथा यस ठाउँमा आफ्‍ना राजाहरूका लाशहरू गाडेर मेरो पवित्र नामको अनादर गर्नेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरो, यो त मेरो सिंहासनको ठाउँ हो, र यो ठाउँ मेरा पाउका पैतालाका निम्‍ति पनि हो। यहाँ म इस्राएलीहरूसित सदासर्वदै बस्‍नेछु। इस्राएलका घरानाले र तिनीहरूका राजाहरूले आफ्‍नो वेश्‍यावृत्तिद्वारा र अल्‍गा ठाउँहरूमा भएका आफ्‍ना राजाहरूका निर्जीव मूर्तिहरूद्वारा फेरि कहिल्‍यै मेरो पवित्र नाउँलाई बिटुलो पार्नेछैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले भन्‍नुभयो: “हे मानिसको छोरा, यो मेरो सिंहासनको ठाउँ हो र मेरा पैतालाका निम्ति पाउदान हो। म सदासर्वदा इस्राएलीहरूको बीचमा यसै ठाउँमा बस्‍नेछु। इस्राएलका मानिसहरूले फेरि कहिल्यै मेरो पवित्र नाम अपवित्र गर्नेछैनन्, न तिनीहरूले, न त तिनीहरूका राजाहरूले—आफ्ना वेश्यावृत्तिद्वारा र तिनीहरूका आफ्ना राजाहरूका मृत्युको समयमा तिनीहरूका दाह संस्कारको बलिदानद्वारा मेरो पवित्र नामलाई फेरि कहिल्यै अपवित्र पार्नेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
मन्दिरमा एउटा आवाजले मलाई भन्यो, “हे मानिसको छोरो! यो ठाउँ मेरो सिंहासनको ठाउँ मेरो पैतालाको लागि हो, म यस ठाँउमा इस्राएलका मानिसहरूसित सदा-सर्वदा रहनेछु। इस्राएलका सन्तानले मेरो नाम फेरि नष्ट गर्ने छैनन्। राजाहरू अनि तिनीहरूका मानिसहरूले व्यभिचार पापहरू गरेर अथवा तिनीहरूको राजाहरूको मृत शरीरहरू यस ठाउँमा गाडेर मेरो नामलाई बदनाम गर्नेछैन।