Ezekiel 43:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाहरूले आफ्ना राजमहलका सँघार र ढोकामा खामाहरू मेरै मन्दिरका सँघार र ढोकाका खामाहरूसित जोडेर बनाए र हाम्रा बीचमा केवल एउटा भित्ता मात्र रह्यो। आफूले गरेका घिनलाग्दा कामहरूद्वारा तिनीहरूले मेरो पवित्र नामको अनादर गरे र आफ्नो क्रोधमा मैले तिनीहरूलाई नाश पारें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनीहरूले आफ्नो सँघार मेरो सँघार नजिक र आफ्नो ढोकाका खामाहरू मेरा ढोकाका खामाहरूनजिक बनाए, र मेरो र तिनीहरूको बीच एउटा भित्ता मात्र राखे, तब तिनीहरूका घिनलाग्दा व्यवहारद्वारा तिनीहरूले मेरो पवित्र नाउँलाई अपवित्र पारे। यसैले मेरो क्रोधमा मैले तिनीहरूलाई नाश गरें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरूले आफ्ना सँघार मेरो सँघारको छेवैमा र आफ्ना ढोकाका चौकसहरू मेरा चौकसहरूका छेवैमा तिनीहरूको र मेरो बीचमा एउटा पर्खाल मात्र राखेर बनाए, तब तिनीहरूले मेरो पवित्र नामलाई आफ्ना घिनलाग्दा कामहरूद्वारा अपवित्र पारे। यसकारण मैले मेरो रिसमा तिनीहरूलाई सर्वनाश गरेँ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले मेरो नाम आफ्नो सँघार मेरो सँघारसित बनाएर तथा आफ्नो द्वार-स्तम्भ मेरो द्वार-स्तम्भसँग बनाएर लज्जित पार्नेछैनन्। बितेका दिनहरूमा एउटा भित्ताले मात्र मलाई तिनीहरूबाट अलग गरेको थियो। यसकारण तिनीहरूले जति-जति बेला पाप अनि ती डरलाग्दा कामहरू गरे त्यस बेला मेरो नाम बदनाम गरे। यसकारण म क्रोधित भएँ अनि तिनीहरूलाई नष्ट गरे।