Ezekiel 44:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मलाई भन्‍नुभयो, “इस्राएलका मानिसहरू अरूसित लागेर मलाई त्‍यागी मूर्तिपूजा गर्ने लेवीहरूलाई म दण्‍ड दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘लेवीहरूले, जो इस्राएलीहरू आफ्‍नो बाटो बरालिएर गएका बेलामा मदेखि दूर भएका थिए, र जसले मलाई त्‍यागेर आफ्‍ना मूर्तिहरूतिर गएका थिए, तिनीहरूले आफ्‍ना पापको दण्‍ड भोग्‍नैपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘जब इस्राएलले आफ्नो बाटो बिराएको थिए, तब ती लेवीहरू जो मबाट टाढा गए; तिनीहरू मूर्तिहरूका पछि लागेर मबाट तर्किएका थिए, अब ती लेवीहरूले आफ्ना पापको फल भोग्नैपर्छ।
Nepali ERV (पवित्र बाइबल)
अतीतमा लेवीहरूले मलाई त्यस बेला छोडिदिए जतिबेला इस्राएलीहरू मेरो विरूद्धमा गएका थिए। इस्राएलले मलाई आफ्नो मूर्तिहरू अनुसरण गर्नको लागि छोडिदियो। लेवीहरू आफ्नो पापको निम्ति दण्डित हुनेछन्।