Ezekiel 44:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पाले भएर वा मन्दिरको अरू साधारण सेवाकार्य गरेर तिनीहरूले मन्दिरमा मेरो सेवा गर्न सक्नेछन्। मानिसहरूले होमबलि र अन्य बलि चढाउन ल्याएका पशुहरू तिनीहरूले मार्न सक्छन् र प्रजाको सेवा गर्न सबै समय तिनीहरू तयार रहनुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले मेरो पवित्रस्थानमा सेवा गर्न सक्छन्, र मन्दिरका ढोकाहरूका जिम्मा लिएर त्यहाँ सेवा गर्न सक्छन्। तिनीहरूले मानिसहरूका निम्ति होमबलि र बलिदानहरू चढ़ाउन सक्छन्। तिनीहरू मानिसहरूका अगि खड़ा भएर तिनीहरूको सेवा गर्न सक्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले मेरो पवित्रस्थानमा सेवा गर्न सक्छन्, र मन्दिरका मूलढोकाहरूका जिम्मा लिएर यसमा सेवा गर्न सक्छन्। तिनीहरूले मानिसहरूका निम्ति होमबलि र बलिदानहरूका पशुहरू मार्न सक्छन्; अनि मानिसहरूका सामु उभिएर तिनीहरूको सेवा गर्न सक्छन्।
Nepali ERV (पवित्र बाइबल)
लेवीहरू मेरो पवित्र स्थानको सेवा गर्नका निम्ति छानिएका थिए। तिनीहरूले मन्दिरको मूल-ढोकाको चौकीदारी गरे। तिनीहरूले मन्दिरको सेवा गरे। तिनीहरूले बलिहरू तथा होमबलिहरूको पशुहरू मानिसहरूका निम्ति मारे। तिनीहरू मानिसहरूको सहायता गर्न अनि तिनीहरूको सेवाका निम्ति छानिएका थिए।