Ezekiel 44:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर इस्राएलका मानिसहरूका निम्ति तिनीहरूले मूर्तिपूजा गर्ने काम गरेर तिनीहरूलाई पाप गर्न लाएका हुनाले म सार्वभौम परमप्रभु यो गम्भीर शपथ खान्छु कि तिनीहरूले दण्ड पाउनैपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर ती लेवीहरूले आफ्नै मूर्तिहरूका सामुन्ने मानिसहरूको सेवा गरेका, र इस्राएलको घरानालाई पापमा खसालेका हुनाले, तिनीहरूले आफ्ना पापको दण्ड भोग्नैपर्छ भनी मैले आफ्ना हात उठाएर शपथ खाएको छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरूले तिनीहरूका मूर्तिहरूको उपस्थितिमा तिनीहरूको सामु सेवा गरे; अनि इस्राएलका मानिसहरूलाई पाप गर्न लगाए। यसैकारण तिनीहरूले आफ्ना पापको फल भोग्नैपर्छ भनेर मैले हात उठाएर शपथ खाएको छु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तर लेवीहरू मेरो विरूद्ध पाप गर्न मानिसहरूलाई सहायता गरे। तिनीहरूले मानिसहरूलाई आफ्नो मूर्तिहरू पूजा गर्न लगाए। यसकारण म तिनीहरू विरूद्ध प्रतिज्ञा गर्दैछु, ‘तिनीहरू आफ्नो पापका निम्ति दण्डदायी हुनेछन्।”‘ परमप्रभु मेरा मालिकले यो कुराहरू गर्नुभयो।