Ezekiel 44:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले पूजाहारीका रूपमा मेरो सेवा गर्न पाउनेछैनन्, मेरो निम्ति ठहरिएको कुनै पनि पवित्र थोकको नजिक जान पाउनेछैनन् र महा-पवित्रस्थानको नजिक पनि पस्न पाउनेछैनन्। तिनीहरूले गरेका घिनलाग्दा कुराहरूका निम्ति यही नै तिनीहरूको सजाय हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू पूजाहारीहरूले जस्तै मेरो सेवा गर्न मकहाँ नजिक आउन पाउनेछैनन्। तिनीहरू मेरो कुनै पनि पवित्र थोक अथवा महापवित्र भेटीको नजिक आउन पाउनेछैनन्। आफूले गरेका घिनलाग्दा कामहरूको शर्म तिनीहरूले भोग्नैपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू पुजारीको रूपमा मेरो सेवा गर्न नजिक आउन पाउनेछैनन्, न त तिनीहरू मेरा कुनै पनि पवित्र चीजहरू अथवा मेरा महा-पवित्र भेटीहरूका छेउमा आउन पाउनेछन्। तिनीहरूले आफ्ना घिनलाग्दा कामहरूको शर्म भोग्नुपर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
“यसकारण लेवीहरूले बलिहरू मकहाँ पूजाहारीहरूले जस्तो ल्याउदैनन्। तिनीहरू मेरो कुनै पवित्र चीजसँग अथवा महापवित्र वस्तुको छेउमा जाँदैनन्। तिनीहरूले तिनीहरूको लाज बोक्नु पर्छ किनभने तिनीहरूले डरलाग्दा कामहरू गरेकाछन्।