Ezekiel 44:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभुले भन्नुभयो, “इस्राएलका सबै मानिसहरू मबाट टाढा भएर गएका बेलामा पनि लेवी कुलका सादोक वंशका पूजाहारीहरूले विश्वासयोग्य भएर मन्दिरमा मेरो सेवा गरिरहे। त्यसकारण अब, तिनीहरूले नै मेरो सेवा गर्नेछन् र बलि चढाएका पशुहरूका बोसो र रगत मलाई चढाउन तिनीहरू नै मेरो उपस्थितिमा आउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तर सादोकको परिवारका लेवी पूजाहारीहरूचाहिँ त इस्राएलीहरू मबाट बरालिएर गए तापनि मेरो पवित्रस्थानका कर्तव्यहरू ईमानदारीपूर्वक पूरा गरिरहे। यिनीहरूचाहिँ मेरो सेवा गर्न मेरो नजिक आउन सक्नेछन्। तिनीहरू नै मेरो सामुन्ने बोसो र रगतको बलिदानहरू चढ़ाउन आउन पाउनेछन्, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तर लेवी पुजारीहरू, जो सादोकका सन्तानहरू हुन्; इस्राएलीहरू मबाट बरालिएर टाढा गए तापनि तिनीहरूले मेरो पवित्रस्थानको सुरक्षा गरे। यसैले अब तिनीहरूचाहिँ सेवा गर्नलाई मेरो सामु पवित्रस्थानको नजिक आउनेछन्; मेरो सामु बोसो र रगतको बलिदानहरू चढाउनका निम्ति तिनीहरू खडा हुनेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
“सबै पूजाहारीहरू लेवी कुल समूहका हुन्। तर जब इस्राएलका मानिसहरू मेरो विरूद्धमा फर्के त्यतिबेला केवल सादोक परिवारका पूजाहारीहरूले मात्र मेरो पवित्र ठाँउको हेरचाह गरे। यसकारण सादोकको परिवारले मलाई भेटी ल्याउने छ। तिनीहरू मेरो अघाडी उभिनेछन् अनि आफ्नो बलि चढाएको पशुहरूको बोसो अनि रगत मलाई भेटी चढाउनेछन्।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।