Ezekiel 44:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरू भेला हुने बाहिरी चोकमा जाँदा तिनीहरूले मन्दिरमा सेवा गरेका बेलामा लाएका पोशाक फुकाली पवित्र कोठाहरूमा राख्नेछन्। ती पोशाक पवित्र भएकोले मानिसहरूलाई हानि नगरून् भनी तिनीहरूले अरू वस्त्र लाउनुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनीहरू बाहिरी चोकमा मानिसहरूकहाँ जान्छन्, तब सेवा गर्दा लाएका लुगाहरू फुकाउनुपर्छ र ती पवित्र कोठाहरूमा राखेर अर्को लुगा लाउनुपर्छ, ताकि तिनीहरूले आफ्ना वस्त्रद्वारा मानिसहरूलाई पवित्र नगरून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि जब तिनीहरू मानिसहरू भएको बाहिरी चोकमा निस्कन्छन्, तब तिनीहरूले सेवा गर्दा लगाउने कपडा तिनीहरूले फुकाल्नुपर्छ, र ती पवित्र कोठाहरूमा छोडिराख्नुपर्छ; अनि अन्य कपडा लगाउनुपर्छ, ताकि तिनीहरूले आफ्ना पवित्र वस्त्रद्वारा मानिसहरूलाई पवित्र नपारून्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले मेरो सेवा गर्दा लगाएको लुगा बाहिरी चोकमा मानिसहरूको छेउमा जानु भन्दा पहिला खोल्छन्। त्यसपछि तिनीहरूले त्यो लुगा पवित्र कोठाहरूमा राख्छन्। तब तिनीहरूले अर्को लुगा लगाउँछन्। यस्तो प्रकारले तिनीहरूले मानिसहरूलाई त्यो पवित्र लुगा छुन दिँदैनन्।