Ezekiel 44:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मलाई भन्‍नुभयो, “यो मूल-ढोका बन्‍द रहनेछ, त्‍यो कहिल्‍यै खोलिनेछैन। कुनै मानिसले त्‍यो चलाउन पाउनेछैन किनभने म परमप्रभु इस्राएलका परमेश्‍वर त्‍यताबाट प्रवेश गरेको छु। त्‍यो बन्‍द रहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले मलाई भन्‍नुभयो, “यो ढोका बन्‍दै रहनुपर्छ। त्‍यो खोल्‍नुहुँदैन। त्‍यसबाट कोही पनि पस्‍न पाउनेछैन। त्‍यो बन्‍द रहनुपर्छ, किनभने परमप्रभु इस्राएलका परमेश्‍वर त्‍यसबाट प्रवेश गर्नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मलाई भन्‍नुभयो, “यो मूलढोका बन्द रहनेछ। यो कहिल्यै खोलिनेछैन; यसबाट भित्र कोही पनि प्रवेश गर्न पाउनेछैन। यसकारण यो बन्द नै रहनेछ; किनभने याहवेह, इस्राएलका परमेश्‍वर यसबाट भएर भित्र प्रवेश गर्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मलाई भन्नुभयो, “यो मूल-ढोका बन्द हुन्छ। यो खोलिने छैन्। कोही पनि यसबाट प्रवेश गर्न सक्ने छैन। किन? किनकि इस्राएलको परमप्रभु यसबाट प्रवेश गरिसक्नु भएकोछ। यसकारण यो बन्द हुनुपर्छ।