Ezekiel 44:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै मुद्दा चल्‍यो भने पूजाहारीहरूले मेरा कानुनअनुसार फैसला गर्नेछन्। मेरा नियम-कानुनअनुसार तिनीहरूले धार्मिक चाड-बाड मनाउनेछन् र तिनीहरूले विश्राम दिनलाई पवित्र राख्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘कुनै झगड़ा हुँदा पूजाहारीहरूले नै न्‍यायाधीशजस्‍तै काम गर्नुपर्छ, र मेरो विधिबमोजिम तिनीहरूले मुद्दा फैसला गर्नुपर्छ। तिनीहरूले मेरा नियमहरू र मेरा तोकिएका सबै चाड़हरूका विधिहरू पालन गर्नुपर्छ। तिनीहरूले मेरा शबाथहरूलाई पवित्र मान्‍नुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘कुनै पनि विवादमा पुजारीले न्यायकर्ताको सेवा गर्नुपर्छ र तिनीहरूले मेरा धार्मिक नियमअनुसार फैसला गर्नुपर्छ। तिनीहरूले मेरा सबै तोकिएका चाडहरूका निम्ति मेरा व्यवस्थाहरू र उर्दीहरू पालन गर्नुपर्छ; अनि तिनीहरूले मेरा शब्बाथलाई पवित्र राख्नुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
पूजाहारीहरू न्यायलायमा न्यायाधीश हुन्छन्। तिनीहरूले मानिसहरूसँग न्याय गर्दा मेरो नियमहरू अनुसरण गर्छन। तिनीहरू मेरो विशेष व्यवस्थाको समयमा मेरो नियम विधि-विधानहरू पालन गर्नेछन्। तिनीहरूले मेरो विशेष विश्रामको दिनको सम्मान गर्नेछन् अनि त्यसलाई पवित्र राख्नेछन्।