Ezekiel 44:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मुर्दा छोएर पूजाहारीहरूले आफैंलाई विधिअनुसार अशुद्ध बनाउनेछैनन्। तर आफ्ना आमा-बुबा, छोराछोरी, दाजुभाइ अथवा बिहे नभएकी दिदी-बहिनीको लाश भने तिनीहरूले छुन सक्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘मरेको मानिसको नजिक गएर कुनै पूजाहारीले आफूलाई अशुद्ध पार्नुहुँदैन। तापनि आमा-बुबा, छोराछोरी, दाजुभाइ अथवा अविवाहित दिदी-बहिनीका लाशको नजिक गएर त्यो अशुद्ध हुन सक्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘मरेको मानिसको नजिक गएर पुजारीहरूले आफूलाई अपवित्र पार्नुहुँदैन; तरै पनि यदि त्यो मरेको व्यक्ति त्यसको बुबा वा आमा, छोरा वा छोरी, दाजुभाइ वा विवाह नभएकी दिदीबहिनी रहेछ भने तिनीहरूले आफूलाई अशुद्ध पार्न सक्छन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू मानिसहरूको लाशहरूको छेउमा जानु हुदैन किनभने यसले तिनीहरूलाई अशुद्ध बनाउँछ। तर ती त्यस बेला आफूलाई अपवित्र गर्न सक्छन् यदि मर्ने मानिस बाबु-आमा, छोरा-छोरी, दाजू-भाइ अथवा अविवाहित दिदी-बहिनी हुन्छन्।