Ezekiel 44:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र त्‍यसपछि मन्‍दिरको भित्री चोकमा गई आफ्‍नो शुद्धीकरणको निम्‍ति एउटा पापबलि चढाउनुपर्नेछ। त्‍यसपछि मात्र त्‍यसले फेरि मन्‍दिरमा सेवाको कार्य गर्न सक्‍नेछ। म सार्वभौम परमप्रभु बोलेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पवित्रस्‍थानमा सेवा गर्न पवित्रस्‍थानको भित्री चोकमा पस्‍ने दिन त्‍यसले आफ्‍नो निम्‍ति पापबलि चढ़ाउनुपर्छ, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो पवित्रस्थानमा सेवा गर्नलाई पवित्रस्थानको भित्री चोकमा गएको दिन त्यसले आफ्नो निम्ति एउटा पाप शुद्धीकरण बलि चढाउनुपर्छ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि यो पवित्र स्थानमा आउँन सक्छन्। तर जुन दिन त्यो भित्री चोकको पवित्र स्थानमा सेवा गर्नु जान्छन् उसले पापबलि आफ्नो निम्ति चढाउनु पर्छ।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।