Ezekiel 44:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिनीहरूका कुनै पैतृक सम्‍पत्ति हुनेछैन। तिनीहरूका निम्‍ति पैतृक सम्‍पत्ति म नै हुँ। तिनीहरूलाई कुनै सम्‍पत्तिको अधिकार नदिनुको कारण म नै तिनीहरूले पाउने अधिकार हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पूजाहारीहरूले कुनै पैतृक सम्‍पत्ति पाउनेछैनन्‌। तिनीहरूको उत्तराधिकार म नै हुँ। तिमीहरूले इस्राएलमा तिनीहरूलाई कुनै निजी अधिकार दिनुहुँदैन, किनभने म नै तिनीहरूका निजी अधिकार हुनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘पुजारीहरूका पैतृक सम्पत्ति म नै हुँ। तिमीहरूले तिनीहरूलाई इस्राएलमा कुनै पनि सम्पत्ति नदिनू; तिनीहरूका सम्पत्तिको भाग म नै हुनेछु।
Nepali ERV (पवित्र बाइबल)
“लेवीहरूको आफ्नो जमीनको विषयमा तिनीहरूको पैतृक सम्पत्ति म नै हुँ। इस्राएलमा लेवीका परिवारलाई कुनै पनि सम्पत्ति दिनुहुँदैन। म नै तिनीहरूको अधिकारी हुनेछु।