Ezekiel 44:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खेतबारीका उब्‍जनीका अगौटे बाली, फलफूल र मलाई भेटी चढाएका अरू सबै थोकको उत्तम-उत्तम चीजहरू पूजाहारीहरूले पाउनेछन्। पिंधेको पिठोबाट बनाएको पहिलो रोटी मानिसहरूले पूजाहारीहरूलाई भेटीको रूपमा दिनेछन् र तिनीहरूका घरहरूमा मेरो आशिष् रहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबै अगौटे फलहरूका सबैभन्‍दा असल फलहरू र तिमीहरूका सबै किसिमका विशेष उपहारहरू जम्‍मै पूजाहारीहरूकै हुनेछन्‌। तिमीहरूको घरानामा आशिष्‌ आउनलाई पिँधेको पीठोको सबैभन्‍दा पहिलो ढिको पनि पूजाहारीहरूलाई नै दिनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबै पहिलो फलहरूको उत्तम भाग र विशेष भेटीहरूका उत्तम भाग पुजारीहरूकै हुनेछ। तिमीहरूको पहिलो पिठोको भाग पुजारीहरूलाई दिनू, ताकि तिमीहरूको घरानामा आशिष् रहिरहून्।
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक तयारी फसलको प्रथम भाग पूजाहारीहरूका निम्ति हुनेछ। तिमीले आफ्नो मुछेको पिठोको प्रथम भाग पनि पूजाहारीहरूलाई दिनु। यसले तिमीहरूको घरानामा आशीर्वाद बर्षाउने छ।