Ezekiel 44:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मलाई भन्नुभयो, “ए मरणशील मानिस, तैँले जे-जे देख्छस् र सुन्छस्, ती कुरामा ध्यान दे। म तँलाई मन्दिरका नियमकानुनहरू बताउनेछु। क-कसले मन्दिर भित्र-बाहिर गर्न पाउनेछ र क-कसले गर्न पाउनेछैन, त्यो राम्ररी ख्याल गर्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुले मलाई भन्नुभयो, “हे मानिसको छोरा, होशियारीसाथ हेर्, र परमप्रभुको मन्दिरका सारा विधिहरूका विषयमा मैले तँलाई भनेका सबै कुरा ध्यान दिएर राम्ररी सुन्। मन्दिरको प्रवेशद्वार र पवित्रस्थानका बाहिर निस्कने सबै ढोकाहरूलाई हेर्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहले मलाई भन्नुभयो, “हे मानिसको छोरा, होसियारीसाथ हेर्, ध्यानपूर्वक सुन् र याहवेहको मन्दिरका नियमहरू र निर्देशनहरू सम्बन्धी मैले तँलाई भनेका सबै कुरामा ध्यान दे। मन्दिरको प्रवेशद्वार र पवित्रस्थानका बाहिर निस्कने ढोकाहरूमा ध्यान दिएर हेर्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मलाई भन्नुभयो, “हे मानिसको छोरो, धेरै सावधानीसित हेर। तिम्रो आँखा अनि कानको प्रयोग गर। यी चीजहरू तिर हेर। म तिमीलाई मन्दिरको विषयमा सबै नियम र विधिहरू बताउँछु। सावधानी पूर्वक मन्दिरको प्रवेशद्वार अनि पवित्र स्थानबाट सबै निस्कनेद्वारहरू हेर।