Ezekiel 44:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पशुहरूको बोसो र रगत बलि चढाउँदैगरेको बेलामा इस्राएलका मानिसहरूले मेरा आज्ञापालन नगर्ने बेखतने विदेशीहरूलाई मन्‍दिरभित्र पस्‍न दिएर तिनीहरूले मेरो मन्‍दिर बिटुलो पारेका छन्। यसरी सबै प्रकारका घिनलाग्‍दा कामहरू गरेर मेरा प्रजाले मेरो करार तोडेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका सबै घृणित व्‍यवहारबाहेक तिमीहरूले हृदय र शरीरमा बेखतनाका विदेशीहरूलाई मेरो पवित्रस्‍थानभित्र ल्‍याएर तिमीहरूले भोजन, बोसो र रगत मेरो लागि चढ़ाउँदा त्‍यो बिटुलो पार्‍यौ, र मेरो करार भङ्ग गर्‍यौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका अरू सबै घिनलाग्दा कामहरूबाहेक, तिमीहरूले हृदय र शरीरमा खतना नभएका विदेशीहरूलाई मेरो पवित्रस्थानभित्र ल्याएका छौ। तिमीहरूले मलाई भोजन, बोसो र रगत चढाउँदा मेरो मन्दिरलाई अपवित्र तुल्याएका छौ; अनि तिमीहरूले मेरो करार भङ्ग गरेका छौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले विदेशीहरूलाई मेरो मन्दिरमा ल्यायौ, तिनीहरूको साँच्चै खतना भएको थिएन। तिनीहरू पूर्णरूपले मप्रति समर्पित थिएनन्। यस्तो प्रकारले तिनीहरूले मलाई अपवित्र पारेका थिए। तिमीले आफ्नो करार भङ्ग गर्यौ, भयंकर पाप काम गर्यौ अनि त्यसपछि तिमीले मलाई रोटीको भेटी, बोसो अनि रगत चढायौ। यसरी मेरो मन्दिरलाई अशुद्ध पार्यौ।