Ezekiel 44:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म सार्वभौम परमप्रभु भन्‍दछु कि मेरो आज्ञापालन नगर्ने बेखतने विदेशीहरू मेरा मन्‍दिरमा पस्‍न पाउनेछैनन्, इस्राएलीहरूकै बीचमा बास गर्ने विदेशीहरू पनि पस्‍न पाउनेछैनन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: हृदय र शरीरमा बेखतनाको कुनै पनि विदेशी— र ती विद्रोहीहरू पनि जो इस्राएलीहरूका बीचमा छन्, तिनीहरूमध्‍ये कोही पनि मेरो पवित्रस्‍थानमा प्रवेश गर्नुहुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हृदय र शरीरमा खतना नभएको कुनै पनि विदेशी मेरो पवित्रस्थानमा पस्‍नुहुँदैन। इस्राएलीहरूका बीचमा बस्‍ने विदेशीहरूले पनि पस्‍न पाउनेछैन।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “एउटा विदेशी जसको खतना भएको छैन, मेरो मन्दिरमा आउँनु हुँदैन। ती विदेशीहरू पनि जो इस्राएलको परिवारहरू बीच स्थायी रूपले बसेका छन् तिनीहरूको पनि खतना अवश्य हुनुपर्छ अनि म प्रति पूर्ण समर्पित हुनुपर्छ, त्यस पश्चात ऊ मेरो मन्दिरमा आउनु पनि सक्छ।