Ezekiel 45:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब जमिन बन्डा लाएर कुल-कुललाई एक-एक भाग गरिन्छ, तब एक भागचाहिँ परमप्रभुको निम्ति अर्पण गरी अलग्गै राख्नू। त्यो साढे बाह्र किलो मिटर लामो र दश किलो मिटर चौडा होओस् र त्यो सबै पवित्र भूमि हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘जब तिमीहरूले उत्तराधिकारको निम्ति देश बाँड़ेर दिन्छौ, तब तिमीहरूले त्यसबाट परमप्रभुको निम्ति २५,००० हात लामो र २०,००० हात चौड़ा भएको एक भाग पवित्र जिल्ला हुनलाई अलगै उपहार दिनू। त्यो जम्मै क्षेत्र पवित्र हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तिमीहरूले उत्तराधिकारका रूपमा देशलाई विभाजन गर्दा जमिनको एक भाग पवित्र जिल्ला याहवेहका निम्ति भेटीको रूपमा चढाउनू। त्यो सम्पूर्ण इलाका पच्चीस हजार क्यूबिट लम्बाइ र बीस हजार क्यूबिट चौडाइको पवित्र इलाका हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
“जब तिमीहरू पैतृक सम्पत्तिकोलागि जमीन भाग गर्छौ, त्यस समय जमीनको एक टुक्रा छुट्याऊ त्यो परमप्रभुको पवित्र हिस्सा हुनेछ। त्यो जमीन 25,000 हात लामो, अनि 10,000 हात चौडाको होस्। त्यो जमीन पवित्र हुनेछ।