Ezekiel 45:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हरेक कुरोको तौल समान होस्, सुखा चीज तौलने ‘एपा’ र तरल चीज तौलने ‘बाथ’ एकै नापका होऊन् र ती दुईको नाप ‘होमेर’ अनुसार यसरी गर्नुपर्नेछ अर्थात्: होमेर = दश एपा = दश बाथ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एपा र बाथका नाप एकसमान होस्, अर्थात् होमेरको दशांश भाग। दुवैको लागि होमेरचाहिँ सैद्धान्तिक नाप होस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका एपा र बाथ एकै नापका होऊन्। ती दुईको नाप होमरको दशांशको भागअनुसार बराबर गर्नुपर्नेछ; दुवैका निम्ति होमर नै मापनको स्तर राखियोस्।
Nepali ERV (पवित्र बाइबल)
एपा (सूखा चीजहरूको नाप) अनि बाथ (द्रवको नाप) एकै समान हुनु पर्छ। एक बाथ अनि एपा दुवै होमरको दशांश भाग बराबर हुनुपर्छ। त्यो नाप होमरमा आधारित हुन्छ।