Ezekiel 45:15 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका खर्कहरूमा राम्रो दाना-पानी पाएका हरेक दुई सय बगालबाट एउटा भेड़ो लिइओस्‌। मानिसहरूका लागि प्रायश्‍चित गर्नलाई अन्‍नबलि, होमबलि र मेलबलिको निम्‍ति यी प्रयोग गरून्, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
साथै तिमीहरूले इस्राएलका प्रशस्त पानी भएको प्रत्येक हरियो खर्कका दुई सयको बगालबाट एउटा भेडा पनि लैजानुपर्छ। यी मानिसहरूका निम्ति प्रायश्‍चित गर्नलाई अन्‍नबलि, होमबलि र मेलबलिको निम्ति प्रयोग गरिनेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
दुइसय भेडाहरूबाट एउटा भेडा इस्राएलको असल पानी लगाएको र्खकबाट ल्याऊ। यो भेडा अन्नबलि, “होमबलि अनि मेलबलि मानिसहरूलाई प्रायश्चित गर्नको निम्ति प्रयोग गरिन्छ।” परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ।