Ezekiel 45:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
औंसीका चाडको दिन, विश्राम दिन र अरू चाड-बाडका दिन शासकले इस्राएलका सबै जातिको निम्ति होमबलिका पशु, अन्नबलि र मद्यबलिका सामग्रीहरू जुटाउने काम गर्नेछ। इस्राएलका मानिसहरूका पाप कटनीको निम्ति पापबलि, अन्नबलि, होमबलि र मेलबलिका सामग्रीहरू शासकले जुटाउनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विभिन्न चाड़हरू, औंसीका चाड़हरू, शबाथ-दिनहरू— अर्थात् इस्राएलका घरानाका सबै तोकिएका चाड़हरूमा चढ़ाउनलाई होमबलि, अन्नबलि र अर्घ-बलि जुटाइदिने कर्तव्य राजकुमारको नै हुनेछ। इस्राएलका घरानाको निम्ति प्रायश्चित गर्नलाई चाहिने पापबलि, अन्नबलि, होमबलि र मेलबलिहरू तिनले नै जुटाउनुपर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चाडपर्वहरूमा, नयाँ औँसीहरूमा र शब्बाथहरूमा होमबलिहरू, अन्नबलिहरू; अनि अर्घबलिहरूको प्रबन्ध गर्ने कर्तव्य त्यस शासकको हुनेछ—इस्राएली घरानाका सबै तोकिएका चाडहरूमा जुटाउनुपर्नेछ। शासकले इस्राएलीहरूका घरानाको निम्ति पापको प्रायश्चित गर्नका निम्ति पाप शुद्धीकरण बलि, अन्नबलि, होमबलि र मेलबलि जुटाउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तर शासकले विशेष पवित्र दिनमा आवश्यक चीज दिनुपर्छ। शासकलाई होमबलि, अन्नबलि अनि अर्घबलिको व्यवस्था उत्सवको दिन औंसीहरूको चाडहरू, शबाथहरूका निम्ति अनि इस्राएलको परिवारको सबै विशेष उत्सवका निम्ति गर्नुपर्छ। शासकले सबै पापबलि, अन्नबालि, होमबलि, मेलबलि त्यसले इस्राएलको परिवारलाई पवित्र पार्नको निम्ति उपयोग गरिन्छु।”