Ezekiel 45:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारीले यस पापबलिको केही रगत लिई मन्‍दिरका ढोकाका चौकोस, वेदीका चार कुना र भित्री चोकका मूल-ढोकाका खामाहरूमा लाउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पूजाहारीले पापबलिको केही रगत लिएर मन्‍दिरका ढोकाका खामाहरू, वेदीको माथिल्‍लो बिटका चारै कुनाहरू र भित्री चोकका ढोकाका खामाहरूमा लगाउनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुजारीले पाप शुद्धीकरण बलिबाट केही रगत लिएर त्यसलाई मन्दिरको ढोकाका चौकसहरूमा, वेदीको माथिल्‍लो किनारका चार कुनाहरूमा र भित्री चोकका मूलढोकाका चौकसहरूमा लगाओस्।
Nepali ERV (पवित्र बाइबल)
पूजाहारीले पाप बलिबाट केही रगत लिन्छ, यसलाई मन्दिरको द्वार-स्तम्भ, वेदीको चारै कुनाको किनार अनि भित्री चोकको मूल-ढोकाको स्तम्भमा लगाउँछ।