Ezekiel 45:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“पहिलो महिनाको चौधौँ दिन तिमीहरू निस्तार-चाड मान्न सुरु गर्नेछौ। सात दिनसम्म सबैले बिनाखमिरको रोटी खानेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘पहिलो महिनाको चौधौँ दिनमा तिमीहरूले सात दिनसम्म मानिने निस्तार-चाड़ मान्नुपर्छ। त्यस बेला तिमीहरूले अखमिरी रोटी खानुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘पहिलो महिनाको चौधौँ दिनमा तिमीहरूका निम्ति निस्तार चाड हुनेछ, जुन चाड सात दिनसम्म रहनेछ। त्यस समयमा तिमीहरूले विनाखमिरको रोटी खानुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
“पहिलो महीनाको चौधौं दिनमा तिमीहरूले निस्तार चाड अवश्यै मनाउनु पर्छ। आखमिरी रोटीको उत्सव त्यस समयमा आरम्भ हुन्छ। त्यो उत्सव सात दिन सम्म लगातार चलिरहनेछ।