Ezekiel 45:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चाडका ती सात दिनसम्‍म दिनहुँ शासकले सात वटा निष्‍खोट साँढे र सात वटा साँढ-भेडा परमप्रभुलाई होमबलि चढाउनेछ। त्‍यसले दिनहुँ एउटा बोको पनि पापबलि चढाउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चाड़का सातै दिनसम्‍म तिनले दिनहुँ परमप्रभुको निम्‍ति सात वटा निष्‍खोट साँढ़े र सात वटा निष्‍खोट भेड़ा होमबलि गरी र दिनहुँ एउटा-एउटा बोका पापबलि गरी चढ़ाउनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सात दिनको चाडमा शासकले प्रत्येक दिन याहवेहलाई होमबलिको रूपमा सात वटा निष्खोट साँढेहरू, सात वटा साँढभेडाहरू र पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका प्रबन्ध गर्नुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
उत्सवको सात दिनको अवधिमा शासकले निष्खोट सातवटा गोरू, सातवटा भेडाबलि चढाउँछ। यो परमप्रभुको निम्ति होमबलि हुन्छ। शासकले उत्सवको सात दिन प्रत्येक दिन एउटा बोका भेटी पापबलिको निम्ति चढाउनु पर्छ।