Ezekiel 45:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“छाप्रो-बासको चाड सातौँ महिनाको पन्‍ध्रौँ दिनमा सुरु हुनेछ। त्‍यस चाडका निम्‍ति शासकले सात दिनसम्‍म दिनहुँ पापबलि, होमबलि अनि अन्‍न बलि र जैतुनको तेलका भेटीहरू त्‍यही हिसाबले चढाउनुपर्नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘सातौँ महिनाको पन्‍ध्रौँ दिनदेखि लिएर सात दिनसम्‍म तिनले पापबलि, होमबलि र अन्‍नबलिका निम्‍ति त्‍यही थोक जुटाउनुपर्छ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘त्यस चाडको सातौँ दिन, जुन सातौँ महिनाको पन्ध्रौँ दिनमा सुरु हुन्छ, शासकले पाप शुद्धीकरण बलि, होमबलि, अन्‍नबलि र जैतुन तेलको निम्ति समान प्रबन्ध गर्नुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
शासकले यही कार्य झुप्रो-वासको चाड सात दिन सम्म गर्नुपर्छ। यो उत्सव सातौं महीनाको पन्ध्रौं दिनमा आरम्भ हुन्छ। यसमा पापबलि, होमबलि, अन्नबलिहरू अनि तेल बलि हुनेछ।”