Ezekiel 45:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसको आधा भाग अथवा साढे बाह्र किलोमिटर लमाइ र पाँच किलोमिटर चौडाइ भएको हिस्सा नापेर अलग्गै छुट्ट्याउनू। त्यस हिस्सामा मन्दिर बनिनेछ अनि त्यो सबैभन्दा पवित्र-स्थान हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यही पवित्र जिल्लामा २५,००० हात लामो र १०,००० हात चौड़ा एउटा ठाउँ नाप्नू। त्यहाँ पवित्रस्थान र महा-पवित्रस्थान हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस पवित्र जिल्लामा एउटा पच्चीस हजार क्यूबिट लम्बाइ र दश हजार क्यूबिट चौडाइ भएको भाग नापेर छुट्ट्याउनू। यसमा पवित्रस्थान र महा-पवित्रस्थान हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यस अति पवित्र-स्थानमा तिमीले 25,000 हात लामो अनि 10,000 हात चौडा नाप्नेछौ। मन्दिर यस क्षेत्रमा हुन्छ। मन्दिरको क्षेत्र महापवित्र स्थान हुनेछ।