Ezekiel 45:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पवित्रस्‍थानको छेउमा साढे बाह्र किलोमिटर लामो र अढाइ किलोमिटर चौडा भएको अर्को एक टुक्रा जमिन अलग्‍गै छुट्ट्याउनू। त्‍यहाँ इस्राएलका मानिसहरू बसोबास गर्ने सहरहरू बसालिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तिमीहरूले ५,००० हात चौड़ा र २५,००० हात लामो भएको, र पवित्र भागको छेउमा भएको एउटा क्षेत्र सहरलाई त्‍यसको जग्‍गाजमिनको रूपमा दिनू। योचाहिँ इस्राएलको सारा घरानाको निम्‍ति हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तिमीहरूले सहरलाई यरूशलेमको सम्पत्तिको रूपमा पवित्र भागसित जोडिएको पाँच हजार क्यूबिट चौडाइ र पच्‍चीस हजार क्यूबिट लम्बाइको अर्को इलाका दिनू; त्यो इलाका इस्राएलको सम्पूर्ण घरानाको निम्ति हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
“तिमीले शहरलाई 5,000 हात चौडा अनि 25,000 हात लामो क्षेत्र दिनु। यो पवित्र क्षेत्रको सहारा हुन्छ। यो इस्राएलको पुरै परिवारको निम्ति हुन्छ।