Ezekiel 45:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शासकको निम्‍ति पनि एउटा जग्‍गा छुट्ट्याउनुपर्नेछ। त्‍यो पवित्रस्‍थानको पश्‍चिम-सिमानादेखि पश्‍चिमतिर नै भूमध्‍य सागरसम्‍म जानेछ र पूर्वपट्टि चाहिँ पवित्रस्‍थानको पूर्व-सिमानादेखि पूर्वतिरै त्‍यस देशको साँध-सिमानासम्‍म पुग्‍नेछ। यसरी नै त्‍यसको लमाइ पनि इस्राएलका कुनै पनि कुललाई दिइएको जग्‍गाको लमाइ बराबर हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पवित्र जिल्‍ला र सहरको जग्‍गाजमिनका हरेक किनारको जमिनचाहिँ राजकुमारको हुनेछ। त्‍यो पश्‍चिमपट्टिबाट पश्‍चिमतिरै र पूर्वपट्टिबाट पूर्वतिरै फैलेको हुनेछ। कुल-कुलका भागहरूमध्‍ये एउटाको समानान्‍तर भएर पश्‍चिम सिमानादेखि पूर्व सिमानासम्‍म फैलिएर गएको तिनको भाग हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘इस्राएलका राजकुमारले पवित्र जिल्‍ला र सहरको सम्पत्तिले बनिएको इलाकाको चारैतिर घेरिएको छेउको सिमानामा जमिन पाउनेछ। त्यो पश्‍चिम भागबाट पश्‍चिमतिर र पूर्व भागबाट पूर्वतिर फैलिएर जानेछ; अनि यो सम्पत्तिको भाग कुनै पनि कुलको जग्गाको भागको बराबर लम्बाइ हुनेछ, र पूर्वी सिमानाबाट पश्‍चिमी सिमानासम्म फैलिएर जानेछ।
Nepali ERV (पवित्र बाइबल)
पवित्र स्थानको दुवै छेउको एक हिस्सा अनि शहरको दुवैतिरबाट शासकले जमीन लिनेछ। यो पवित्र क्षेत्र अनि शहरको क्षेत्रको बीचमा हुन्छ। यो त्यही चौडाईको हुन्छ जुन चौडाई परिवार समूहरको भूमिको हुन्छ। यो लगातार पश्चिम सीमानाबाट पूर्वी सीमाना सम्म जानेछ।